Category

राष्ट्रिय समाचार

जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभाबाट पक्राउ

संखुवासभा । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभाको पाँचखपन नगरपालिका-८ सुनखानी बस्ने २० वर्षीय सविन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । 

सविनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Post Views: 100 12

कपिलवस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका -०४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका –०८ बहादुरगन्जका स्थानियलाई गाउँघरमा डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने जानकारी प्राप्त भएपछि उनीहरूको खोजी गर्ने क्रममा विजयनगर गाउँपालिका –०४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका...

तीन दिन देखी बेपत्ता कपिलवस्तुको मेयर सिंह मृत फेला

कपिलवस्तु, २४ साउन । तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्व नगरप्रमुख किरण सिंह मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार आइतबार दिउँसो सिंहको शव फेला परेको हो। ‘केहीबेर अघि मात्र उनको शव फेला परेको छ,’ भट्टले भने, ‘हामी घटनाको अनुसन्धान गरिरहेका छौं।’ पुर्व मेयर ६५ वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता थिए। शुक्रबार उनले बाटो...

कपिलवस्तुको बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको यशोधरा  गाउँपालिका- ८ सिहोखोरस्थित बाणगंगा नदीमा नुहाउन गएका दुई बालक शनिबार साँझदेखि नै बेपत्ता भएका छन् ।  नदीमा सँगै तीनजना नुहाउन गएका मध्ये १३ वर्षीय सरफराज मुसलमान र ११ वर्षीय उबैद मुसलमान बाडगंगा नदीमा बेपत्ता भएको वडाध्यक्ष साबुद्दिन मुसलमानले जानकारी दिएका चाहन । अर्का बालक अर्बाज पठान भने शनिबार साँझै सकुशल घर फर्केका थिए । बेपत्ता बालकको स्थानीयसहित...

कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत अवस्थामा फेला

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंह यसअघि मोटरसाइकल भेटिएको स्थान नजिकै आइतबार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ । प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरिरहेको बताएको छ ।  शुक्रबारदेखि सम्पर्कविहीन भएका...

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

पेरिस, २४ साउन । दोस्रो विश्व युद्धयताकै सबैभन्दा बढी क्षति पुर्‍याउने गरी यस वर्ष फ्रान्समा डढेलो लागे पछि धेरैले एउटै प्रश्न गरिरहेका छन्, किन र कसरी ? यसको एउटा मुख्य कारण मानव गतिविधिद्वारा जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइरहेको जलवायु परिवर्तन हो। यसले गर्दा तापक्रम निरन्तर बढिरहेको छ। तर, फ्रान्समा लाग्ने १० मध्ये ९ वटा डढेलो मानिसकै कारण सुरु हुने गरेको तथ्याङ्कले देखाउँछ। यसैले...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, ११६ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेशमा २ जना तथा काठमाडौँ उपत्यका र कर्णालीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २९ जना घाइते भएका छन् ।...

सोलुखुम्बुमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा घरमै मृत फेला परेका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की रहेका छन् । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद भएको र विवादका क्रममा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्।...

घुस लिएको अभियोगमा चाबहिल नापीका अमिनविरुद्ध मुद्दा दायर

काठमाडौँ । सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय चाबहिलका अमिन टोप जङ खत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। जग्गा हालसाबिक गरी जग्गाधनी पुर्जा बनाइदिन सहजीकरण गरिदिने भन्दै अमिन खत्रीले सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानका...

जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

बर्दिया । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक जना पुरुष पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका–११ लम्कीफाटा बस्ने ४५ वर्षीय कमलराज विकलाई प्रहरीले पक्राउ गरेको हो । कमलराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै, बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।