जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

बर्दिया । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक जना पुरुष पक्राउ परेका छन् ।

बारबर्दिया नगरपालिका–११ लम्कीफाटा बस्ने ४५ वर्षीय कमलराज विकलाई प्रहरीले पक्राउ गरेको हो । कमलराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् ।

राप्तीसोनारी गाउँपालिका–१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुनालाई प्रहरीले पक्राउ गरेको हो । रूपलालले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।