Author

Srijana Puri

S

अर्जुनरसिंह केसीको टिप्पणी- प्रधानमन्त्रीको एक्लै हिड्ने लहड हो की एक्लै पर्नु भएको हो !

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुनरसिंह केसीले प्रधानमन्त्री एक्लै हिड्ने लहड हो की एक्लै परेको हो भन्ने टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता केसीले देश र जनताको हितमा सिंगो संसद तपाइँको साथमा रहेको बताउदै संसदलाई उपेक्षा गरेर नहिड्न सुझाव दिएका छन् ।   उनले भने- ‘प्रधानमन्त्रीको एक्लै हिड्ने लहड हो की एक्लै पर्नु भएको हो । देश र जनताको हितमा सिंगो संसद...

प्युठानमा यात्रुबाहक जिप दुर्घटना, आठ जना घाइते

बुटवल । प्युठानको झिमरुक गाउँपालिका–३ लामासेरमा यात्रुबाहक जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बाग्दुलाबाट गौमुखीतर्फ जाने सडकमा नारीकोटबाट बाग्दुलातर्फ आउँदै गरेको लु.१ ज ४८३३ नम्बरको नमस्ते प्युठान यातायातको फोर्स जिप ब्रेक फेल भएर सडकमा पल्टिएको हो । जिपमा चालकसहित १४ जना सवार थिए । घाइतेहरूको बिजुवारस्थित निमतारा पोलिक्लिनिकमा उपचार भइरहेको छ । घाइतेमध्ये २८ वर्षीय रबी सुनारलाई थप...

प्रधानमन्त्रीकै कारण देशमा समस्या भयो, समन्यव गर्न सक्नुभएन- हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिलेका सबै समस्या प्रधानमान्त्री बालेन्द्र शाहका कारण भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले ग्यासको समस्यादेखि हरेक स्थानमा लाइन र असन्तुष्टि बढ्नुमा प्रधानमन्त्रीले समन्यव गर्न नसकेको बताएका हुन् । उनले सरकार कमजोर भएका कारण देशमा बेथिति बढेको भन्दै गलत गर्नेलाई कारवाही गर्न के ले रोकेको छ ? भन्दै सरकारलाई प्रश्न...

उडेको ८५ सेकेन्डमै चिनियाँ रकेट विस्फोट, उपग्रह पनि नष्ट

काठमाडौँ । चीनको लङ मार्च ७ए रकेट प्रक्षेपण भएको करिब ८५ सेकेन्डमै विस्फोट हुँदा त्यससँगै पठाइएको उपग्रह पनि नष्ट भएको छ । चीनको हाइनानस्थित वेनछाङ प्रक्षेपण केन्द्रबाट उडेको रकेटमा उडानको सुरुआती चरणमै समस्या देखिएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । लङ मार्च ७ए को यो पहिलो असफल प्रक्षेपण हो । लङ मार्च ७ए मध्यमदेखि भारी तौलका उपग्रह...

पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति, एक सुरक्षा गार्ड बेपत्ता

म्याग्दी, २६ साउन। अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगर स्थित १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको पावरहाउस पहिरोले पुरेको छ । पहिरोमा परी एक जना सुरक्षा गार्ड वेपत्ता रहेको आशंका छ ।  राती ३ बजे पावरहाउसको पछाडी रहेको ल्यासीको भीरबाट रकफल भै खस्दा पावरहाउसमा क्षती पुग्नुको साथै त्यहाँ सुरक्षार्थ खटिएका खिमबहादुर वरुवाल (दिपक) सम्पर्कमा नआएको स्थानीय प्रेमबहादुर बरुवालले बताए ।...

राष्ट्रिय भेला स्थगित भएको छैन, नक्कली विज्ञप्ति जारी गरियो- मीन विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको राष्ट्रिय भेला तोकिएको मितिमै हुने बताएका छन् । विश्वकर्माले सामाजिक सञ्जालमार्फत राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुने निश्चित रहेको भन्दै कुनै पनि भ्रममा नपर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्व, शीर्ष नेताहरूको समर्थन, सभापति शेरबहादुर देउवा साउन २८ गते...

बजेट पेश गर्न नसकेका मधेसका ४ पालिकाको अनुगमन गर्दै महानगरपालिका

चालु आर्थिक वर्षको बजेटसमेत नगरसभामा पेस गर्न नसकेका मधेश प्रदेशका चार नगरपालिकाको समस्या समाधान गर्न संघीय सरकारले पुनः स्थलगत सहजीकरण गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि बजेट प्रक्रिया अघि बढाउन नसकेका धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा, फतुवा विजयपुर र मौलापुर नगरपालिकामा उच्चस्तरीय संयुक्त टोली पठाउने निर्णय गरेको हो।...

जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट पक्राउ

बर्दिया । २३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने बाँसगढी नगरपालिका-५ घर भएका २९ वर्षीय कमल रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

रावतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बगनाहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Post Views: 100 18

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ । 

Post Views: 100 19

जाजरकोटमा भूकम्पको धक्का महसुस

काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

जाजरकोटको कुसे आसपास केन्द्रविन्दु भएर आज बिहान ९ बजेर ८ मिनेट जादा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Post Views: 100 19

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।