संविधान संशोधन गर्न दुई तिहाइ बहुमत मात्र पर्याप्त हुदैन- रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधन गर्दा संविधानमै तोकिएको प्रक्रियालाई अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउदै प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने स्पष्ट गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँगको छलफलमा लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा तथ्य र प्रमाणका आधारमा विषय उठाउनुपर्ने बताए । उनले संवैधानिक निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले त्यस्ता संस्थाको गरिमा र प्रतिष्ठामा आँच नपुग्ने गरी छलफल गर्नुपर्ने भन्दै कुनै व्यक्तिविशेषलाई लक्षित गरेर संवैधानिक निकायलाई राजनीतिक दलसँग जोडेर हेर्न नहुने धारणा राखेका थिए ।

संविधानले संवैधानिक निकायका पदाधिकारी नियुक्तिको प्रक्रिया स्पष्ट गरेको भन्दै लामिछानेले संवैधानिक व्यवस्थाप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताएका थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।