राप्रपाका बागमती प्रदेश सांसद उद्वब थापा पार्टीवाट निष्काषित

काठमाडौं, ४ भदौं ।राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बागमती प्रदेशका सांसद उद्दब थापालाई निष्काषन गरेको छ।

बागमती प्रदेश सभाका सदस्य एवं संसदीय दलका नेता उद्धब थापाले पार्टीको निर्णय विपरीत प्रदेश सरकार गठनमा समर्थन दिने काममा संलग्न भएकाले यस विषयलाई गम्भीर अनुशासन उल्लंघनको रुपमा लिदै निष्षकाषन गरेको हो ।

निजलाई केन्द्रीय अनुशासन समितिको सिफारिश बमोजिम प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने, पार्टी सदस्यबाट निलम्बन गर्ने र प्रदेशसभालाई जानकारी पठाउने निर्णय गरिएको छ प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले भने ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।