दाङमा यात्रुबाहक गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

दाङ । दाङको राप्ती गाउँपालिका–१, माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिकै भालुवाङ–प्युठान पक्की सडकखण्डमा यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको जिल्ला प्युठान, स्वर्गद्वारी नगरपालिका–२ निवासी २२ वर्षीय लक्ष्मण पुनले चलाएको लु.प्र.०२–००१ ज ०१०८ नम्बरको ईभी गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको जिल्ला अर्घाखाँची, सितगंगा नगरपालिका–८, लापे निवासी २० वर्षीय अभिषेक कुमालले चलाएको रा.४ प ५८३६ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटीको पछाडि सवार जिल्ला अर्घाखाँची, सितगंगा नगरपालिका–८, लापे निवासी ३२ वर्षीया सम्झना केसी घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भालुवाङ अस्पताल, दाङ लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।