Author

Srijana Puri

S

चन्द्रपुरमा खुल्यो तिलगंगा सामुदायिक आँखा केन्द्र

रौतहट, २९ साउन । आँखाको सामान्य जाँचदेखि मोतियाविन्दु सम्मको उपचारका लागि बाहिर जानुपर्ने रौतहटका नागरिकको बाध्यता क्रमशः हट्ने भएको छ। चन्द्रपुर नगरपालिकामा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएसँगै स्थानीयस्तरमै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध हुन थालेको हो। चन्द्रपुर नगरपालिका र काठमाडौँस्थित नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानबीच भएको सम्झौताअनुसार केन्द्र सञ्चालनमा ल्याइएको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनियताको शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनियताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त भट्टलाई पद तथा गोपनियताको शपथ गराएका हुन्  । निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) अनुसार आज भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । केन्द्रमा भएको एमालेसँगको सहमति अनुसार...

नेप्सेमा गिरावट, ४ अर्ब २७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४४ कम्पनिका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर ४  अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ मा कारोबार भएको थियो । आज जीवन वीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम...

सांसद सुनारले अपमान गरे पछि आइजीपी कार्कीले सभामुख भेटदै

काठमाडौं, २९ साउन । संसदीय समितिको बैठकमा आफु माथी दुर्ब्यावहार भएको भन्दै प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले सभामुख डोलप्रसाद अर्यालसँग भेटघाट गर्दैछन् । उनले आज दिउँसो भेटघाटका लागि समय माग गरेको प्रतिनिधिसभाका सभामुख अर्यालको सचिवालयले जानकारी दिएको छ। केही दिन अघि सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफू माथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराउन...

धवल शमशेरले दिए नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं, २९ साउन ।  धवल शम्शेर राणाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। राप्रपा महामन्त्री परित्याग गरेर दुर्गा प्रसाईसँग अलग्गै पार्टी बनाउने तयार गरे पनि आज उनी एक्लैको नेतृत्वमा नयाँ पार्टी दर्ता गराउन निर्वाचन आयोगमा पुगेको हुन । राणाले नयाँ पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखिएको छ भने पार्टीको चुनाव चिह्न ‘त्रिभुज’ माग गरेका छन । साथै, पार्टीको झण्डामा सेतो...

उजुरीको भरमा कसैको चरित्र हत्या गर्न पाइदैन- गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले उजुरीको भरमा कसैको चरित्र हत्या गर्न नपाइने बताएका छन् । शुक्रबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि रास्वपा सांसद खगेन्द्र सुनारले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउदै उजुरीको भरमा कसैको चरित्र हत्या गर्न नपाइने बताएका हुन् । उनले...

नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण

काठमाडौं, २८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, सिंहदरबार पुगेर नेकपा नेता पुनले प्रधानमन्त्री बालेनसँग भेटवार्ता गरेका हुन्। पुनको सचिवालयका अनुसार सो भेटमा रोल्पाका बाढी पीडितहरूलाई राहत र उद्धारको विषयमा पुनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।रोल्पाको...

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरू, देउवाले गरे उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसको संस्थ्पन इतर पक्षको राष्ट्रिय भेला सुरू भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर भेलाको उद्घाटन गरेसँगै भेला शुरु भएको हो ।  सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शंशाक कोइरालाको अध्यक्षतामा भेला जारी रहेको छ । भेलामा देउवा र कोइराला समूहका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ...

अस्ट्रेलियाविरुद्ध बंगलादेशको उत्कृष्ट ब्याटिंग, १५३ रनको अग्रता

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको जारी टेस्ट खेलमा बंगलादेशले १५३ रनको अग्रता बनाएको छ । डर्विनमा जारी खेलको दोस्रो दिनको खेल सकिदा बंगलादेशले पहिलो इनिंगमा ६ विकेट गुमाएर ३५१ रन बनाएको छ । बंगलादेशका लागि तान्जिद हसनले १०१ रनको शतकीय पारी खेलेका थिए भने कप्तान नजमुल होसैन शान्तोले ८४ रन बनाएका थिए । त्यस्तै मोमिनुल हकले ४९ र मुशफिकुर रहमानले ३६ रन बनाएका थिए । दोस्रो दिनको खेल सकिदा मेहिदी हसन...

एनआरएन एसिया प्यासिफिकको सम्मेलनको तयारी पुरा

ग्वाङ्झाउ (चीन), २९ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण–२०२६’ मा सहभागी हुन नेपालसहित बिश्वबाट र एसिया प्यासिफिक क्षेत्रका विभिन्न मुलुकबाट प्रतिनिधि तथा संघका अगुवा ग्वाङ्झाउमा भेला भएका छन्। अगस्ट १५ देखि १७ सम्म आयोजना हुने सम्मेलनलाई सभ्य, व्यवस्थित र भव्य बनाउन आयोजक टोलीले अन्तिम तयारी पूरा गरेको छ। सम्मेलनमा सहभागी हुन...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।