मोटरसाइकल दुर्घटनामा घाइते एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब ८: १५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ३ प ५२७४ नम्बरको मोटरसाइकलले डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्नालाई ठक्कर दिएको थियो । ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको छ र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेदकोट नगरपालिका–९ का करिब ६० वर्षीय गौरसिंह महरा गम्भीर घाइते भएका थिए । महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित टेक केयर अस्पताल पठाइएका उनको उपचारका क्रममा सोमबार बिहान १०: ४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।