दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन आदेश जारी गरेको छ ।

प्रसाईंकी सृपति उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सोमबार सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंलाई घरबाहिर हिँड्डुल गर्न नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दिदै भक्तपुर प्रहरी परिसरले प्रसाईको घरबाट बरामद गरेका सामग्रीसहित उपस्थित हुन आदेश दिएको हो ।

आदेशमा भनिएको छ- ‘आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक २४ (चौबिस) घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू । साथै, निवेदनसाथ संलग्न मिति २०८३ ।०५।०४ को खानतलासी पूर्जीमोजिम निवेदक दुर्गा प्रसाईंको घर खानतलासी हुँदा बरामद भएका भनिएका सामान समेत पेसीको दिन लिई आउनू भनी विपक्षी जिल्ला प्रहरी परिसर भक्तपुरलाई लेखी पठाउनू ।’

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।