२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १२७ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी, कर्णाली र सुदूरपश्चिममा २-२ जनाको मृत्यु भएको छ भने मधेश, कोशी र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १८ जना घाइते भएका छन् भने कोशीमा ३५ जना, काठमाडौँ उपत्यकामा २६ जना,  कर्णालीमा १ जना, सुदूरपश्चिममा ७ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा ३२ जना, गण्डकीमा २ जना घाइते भएका छन् । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।