Author

Srijana Puri

S

कर्णाली मन्त्रीमा साबिक माओवादी र नेकपा एसमा बिबाद हुदाँ सपथ स्थगित

सुर्खेत, ८ भदौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तीन जना मन्त्रीलाई शपथ ग्रहण गराउने कार्यक्रम स्थगित गराएको छ । मुख्यमन्त्री मंगल बहादुर शाहीले विहान ११ बजेका लागि शपथको तयारी गर्न प्रदेश प्रमूख यज्ञराज जोशीसामू अनुरो गरेपनि भर्खरै मुख्यमन्त्री शाहीले स्थगित गर्न अनुरोध गरेको प्रदेश प्रमूख कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी मनमाया काउचाले न्युरजकारखानालाई जानकारी दिईन । यता, कर्णाली...

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

हेटौंडा, ८ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, बागमती प्रदेशका संसदीय दलका नेता डम्बर तामाङले मुख्यमन्त्री किरण थापाको पक्षमा विश्वासको मत दिन ह्विप जारी गरेका छन् ।  हिजो ७ भदौंमा बसेको संसदीय दलको बैठकको निर्णय अनुसार नेकपा एमालेवाट गत ४ भदौंमा मुख्यमन्त्री भएका थापालाई बिश्वासको मत दिन ह्विप जारी गरेका हुन् । ‘बागमती प्रदेशमा माननीय उपसभामुखज्यूले २०८३ भदौं ८ गते सोमवार निर्धारण गर्नु...

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

एसके कर्ण  जनकपुरधाम, ८ भदाैं मधेशको बारा जिल्लाको जीतपुर सिमराकी बालिका गरिमा चौधरीको घटना सेलाउन नपाउँदै भदौ ७ गते आइतबार सप्तरीमा एक तीन वर्षीया बालिका मृत फेला परेकी छिन्।  सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा तीन वर्षीया सानिया खातुन आइतबार मृत फेला परेकी हुन्। स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया बिहान करिब ९ बजेपछि घरबाट एकाएक बेपत्ता भएकी थिइन्। सानिया बेपत्ता भएको...

गरिमाको अन्त्येष्टि

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका- १ की तीन वर्षीया बालिका गरिमा चौधरीको अन्त्येष्टि गरिएको छ । बलात्कारपछि हत्या गरिएकी गरिमाको आइतबार कलैया उपमहानगरपालिका–१४, बघवनस्थित पसाहा खोलामा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । यसअघि शनिबार राति गृह मन्त्रालयमा सरकार र गरिमाका अभिभावकबीच तीनबुँदे प्रतिबद्धता भएपछि गरिमाका बुवा मनोज चौधरीले आइतबार प्रादेशिक अस्पताल कलैयाबाट...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, ७ भदौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एकजना प्रकाउ परेका छन । काठमाडौं तारकेश्वर नगरपालिका-७ थापागाउँ बस्ने नवलपरासी पूर्व देवचुली नगरपालिका-११ घर भएकी ३१ वर्षीया ममता पछाईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हाे । एक महिलालाई घरेलु कामदारको रूपमा कुवेत पठाई करिब डेढ महिनादेखि बन्धक बनाई राखिएको भन्ने सूचनाका आधारमा नेपाल सरकार परराष्ट्र मन्त्रालय र सम्बन्धित...

१४औँ दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने, २८ खेल समावेश

काठमाडौँ । १४औँ दक्षिण एसियाली खेलकुद २०८३ साल चैत २० देखि २८ गतेसम्म (सन् २०२७ को अप्रिल ३ देखि ११ तारिखसम्म) पाकिस्तानमा आयोजना हुने भएको छ । इस्लामाबादमा बसेको दक्षिण एसिया ओलम्पिक परिषद्को कार्यकारी समितिको बैठकले प्रतियोगिताको मिति र खेल कार्यक्रम तय गरेको हो । पाकिस्तानले आयोजना गर्ने प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडी सहभागी हुनेछन्...

सन्तोषीले जितिन् कांस्य पदक, कुमालको राष्ट्रिय किर्तिमान

काठमाडौँ । नेपाली धाविका सन्तोषी श्रेष्ठले भारतको ओडिसामा आयोजित विश्व एथलेटिक्स महादेशीय भ्रमणअन्तर्गत रजतस्तरको प्रतियोगितामा कांस्य पदक जितेकी छन् । महिला ५ हजार मिटर दौड १७ मिनेट ३१.७५ सेकेन्डमा पूरा गर्दै सन्तोषीले कांस्य पदक जितेकी हुन् । यसै प्रतियोगितामा सोमबहादुर कुमालले ८ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले आफ्नै नाममा रहेको १ मिनेट ५०.२५ सेकेन्डको कीर्तिमान...

कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्नुपर्छ- प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको पुनर्गठन, सहकार्य र एकता अहिलेको आवश्यकता भएको बताएका छन् । कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वाधीनता र विगतका उपलब्धि संकटमा परेको भन्दै विचार मिल्ने शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको बताए । प्रचण्डले नेपाली जनताले पटक-पटक कम्युनिस्ट शक्तिलाई ठूलो...

काठमाडौँमा होस्टल संचालन गर्न २१ मापदण्ड तोकियो, पुरा गर्न एक महिनाको समय

काठमाडौँ । काठमाडौँ जिल्लाभित्र निजी रूपमा सञ्चालन भइरहेका छात्रावास( होस्टल) मा विद्यार्थीमाथि दुर्व्यवहार, बढी शुल्क असुली, कमजोर पूर्वाधार तथा सरसफाइ र खानपानमा लापरवाही भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालकलाई एक महिनाभित्र आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । कार्यालयका अनुसार छात्रावासमा विद्यार्थीलाई मानवीय व्यवहार नगर्ने, यातना दिने, तोकिएको शुल्कभन्दा बढी रकम लिने...

लिच्छविकालीन नित्यनाथ मन्दिरको पुनःनिर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँको ग्वलः दे नवाली टोलमा लिच्छविकालीन ‘नासः द्यः छेँ’ अर्थात् नित्यनाथ मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एक समारोहबीच मन्दिरको उद्घाटन गरेकी छन् । करिब २ करोड २७ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको तीनतले मन्दिरको पहिलो तलामा सन्ध्या पुस्तकालय सञ्चालन हुनेछ भने दोस्रो तला सामाजिक कार्य तथा परम्परागत बाजागाजा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।