अस्ट्रेलियाली विदेशमन्त्री वाङबाट नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर

काठमाडौँ । अस्ट्रेलियाका विदेशमन्त्री पेनी वाङले क्यानबेरास्थित नेपाली दूतावासमा पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन् ।

नेपालमा आएको विपत्तिप्रति दुःख व्यक्त गर्दै विदेशमन्त्री वाङले अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको बताएकी छन् ।

उनले शोक पुस्तिकामा लेखेकी छन्- ‘अस्ट्रेलिया नेपालका जनताको साथमा छ । आज मैले क्यानबेरास्थित नेपाली दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेकी छु ।’

उनले विपत्तिबाट प्रभावित अस्ट्रेलियाली नागरिकलाई सहयोग गर्न नेपालले गरेको प्रयासप्रति आभार व्यक्त गर्दै नेपाली जनता र नेपाल सरकारप्रति आफ्नो विचार र सहानुभूति रहेको बताएकी छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।