भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या ५३ सय नाघ्यो

काठमाडौँ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या बढेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण अहिलेसम्म ५ हजार ३२६ जना सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन रसुवा जिल्लाबाट सम्पर्कविहीन भएका २८६०, रसुवा जिल्लाका नागरिक १३९३, अन्य जिल्लाका नागरिक १२८६ जना, नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ जना, सरकारी कर्मचारी २६ जना रहेका छन् । त्यस्तै नुवाकोटका १९८१ र विदेशी पर्यटक ५८७ जना रहेका छन् ।

त्यस्तै, प्राधिकरणले अहिलेसम्म १३५७ जनाको शव फेला परेको जानकारी दिएको छ । जसमा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२३  र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ ।

प्राधिकरणले अहिलेसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको जानकारी दिएको छ । 

प्राधिकरणले बाढीपछि राहत र उद्धारमा हाल २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना परिचालन गरिउएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।