Author

Srijana Puri

S

राष्ट्र बैंकले आज ३० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ दिनका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णयहरू हुने सचिवालयले जानकारी दिएको छ । 

Post Views: 100 16

कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिला पक्राउ परेकी छन् । पुलको पश्चिम किनाराको रेलिङमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जयपृथ्वी नगरपालिका–३ पडेष गाउँकी ४२ वर्षीया बिमला देवी रोकाया रहेको...

बालिकामाथि बलात्कार आरोपपछि बारामा रातभर तनाव, आरोपी प्रहरी हिरासतमा

सञ्जय मिश्रा रौतहट, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक अधबैंसे व्यक्ति पक्राउ परेपछि स्थानीय क्षेत्रमा रातभर तनाव उत्पन्न भएको छ। बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँका करिब ६५ वर्षीय असम्जान मियाँलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर घटनाबारे अनुसन्धान अघि...

अख्तियारमा धेरै उजुरी पर्ने १० स्थानीय तहमध्ये बाराका तीन

रौतहट २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी पर्ने देशभरका १० स्थानीय तहमध्ये बाराका तीन स्थानीय तह परेका छन्। आयोगको आर्थिक वर्ष २०८२/८३ को ३६औँ वार्षिक प्रतिवेदनअनुसार पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका र जीतपुरसिमरा उपमहानगरपालिका धेरै उजुरी पर्ने स्थानीय तहको सूचीमा छन्। प्रतिवेदनअनुसार पचरौता नगरपालिकाविरुद्ध अघिल्लो आर्थिक वर्षबाट ५३ वटा उजुरी जिम्मेवारी सरेका थिए...

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ।  राष्ट्र बैंकले ५० रुपैयाँ दरको यस नोटका संकेत नम्बर २४ट ०००००१ देखि ७०ण ९९९९९९ सम्म रहने जनाएको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रङ पहिलैकै जस्तो हुनेछ। नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटको सिरिजमा विसं २०८२ उल्लेख छ। नोटको अग्रभागमा सगरमाथाको चित्र र लालीगुराँसको...

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

सञ्जय मिश्रा/न्युज कारखाना रौतहट, २ असोज । भारतको उत्तर प्रदेशस्थित लखनऊमा एउटा आश्चर्यजनक घटना भएको छ। मोबाइलको ईएमआई (किस्ता) नतिरेको भन्दै एक युवकलाई रिकभरी एजेन्टले अपहरण गरी बन्धक बनाएको र जबर्जस्ती रगत निकालेर बेचेको आरोप लागेको छ। लखनऊको राजारामखेड़ा मजरा पुरहिया निवासी नेवलले करिब एक वर्षअघि ‘जिरो डाउन पेमेन्ट’मा मोबाइल फोन खरिद गरेका थिए। मोबाइलको किस्ता बक्यौता रहेको भन्दै रिकभरी...

काठमाडाैं जाेड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालनमा

काठमाडौं, २ असोज। संघीय राजधानी काठमाडौं जोड्ने कान्ति लोकपथ र त्रिभुवन राजपथ शुक्रबारदेखि दुईतर्फी सञ्चालनमा आएका छन् । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड अवरुद्ध भएपछि यी दुई सडकमार्गमा मालवाहक तथा ठूला यात्रुवाहक सवारीका लागि एकतर्फी व्यवस्था गरिएको थियो । बिहीबारदेखि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्ड सञ्चालनमा आएपछि त्रिभुवन राजपथ र कान्ति लोकपथमा पुन: नियमित दुईतर्फी...

जेनजी सहिद रसिक खतिवडाकी आमा रचना रास्वपाकै सांसदसँग असन्तुष्ट

काठमाडौं, २ असोज । जेनजी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा आफ्नै पार्टी रास्वपाका सांसदसँग असन्तुष्ट बनेकी छन् । उनले सहिद परिवारले आयोजना गरेको स्मृति दिवसलाई लिएर सार्वजनिक टिप्पणी नगर्न आग्रह गरेकी छन्। खतिवडाले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूले सांसदभन्दा पहिले एउटा आमाको रूपमा आफ्ना कुरा राखेको उल्लेख गर्दै सन्तान गुमाएकी आमाको पीडामाथि उठेका प्रश्नको जवाफ दिन आफूसँग शब्द कम पर्ने बताएकी...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न २१ देशका राजदूत नियुक्तिको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो । पाँच महिनादेखि झन्डै दुई दर्जन मुलुक राजदूतविहीन छन् । कम्तीमा १३ नियाेगमा राजदूत नियुक्तिकाे सिफारिस हुने छ ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।