बझाङमा जीप दुर्घटना: दुई जनाको मृत्यु, ६ जना गम्भीर घाइते

ब

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

बुधबार बिहान करिब ८: ४५ बजे से ००१ च ४३७६ नम्बरको जीप दुर्घटनामा परेको हो । काँडाचौरका १५ जना स्थानीय बासिन्दालाई बोकेर बाग्थलातर्फ आउँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको स्थानीयले बताएका छन् ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जीपमा सवार ६ जना गम्भीर घाइते भएका छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

जीपका चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामी रहेको र उक्त जीप केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र धामीको रहेको स्थानीयले बताएका छन् ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।