Author

Srijana Puri

S

सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित

किमाथाङ्का (सङ्खुवासभा) ८ असारः अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् । शनिबार पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो । पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका–६...

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम, ८ असारः गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ । मधेस प्रदेश कृषि निर्देशनालय नक्टाझिज धनुषाका अनुसार यस वर्ष मधेस प्रदेशमा तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ । अघिल्लो वर्ष मधेस प्रदेशमा एक लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.३७ मेट्रिक...

यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या

पर्वत, ८ असारः पर्वतको कुश्मा नगरपालिकाले स्थानीय किसानबाट रकम सङ्कलन गरेको तीन महिना बितिसक्दासम्म (मिनिटिलर) यान्त्रिक हलो वितरण नगरेपछि पर्वतको कुश्मा नगरपालिकाका किसान चिन्तित बनेका छन् । नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराउनेगरी गत चैतमा नै ५० प्रतिशत रकम किसानबाट सङ्कलन गरेको थियो । कुश्मा नगरपालिकाका १४ वडाबाट ७०५ किसानले यान्त्रिक हलो उपलब्धताका लागि...

घोराहीमा नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र

तुलसीपुर (दाङ), ८ असारः घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ । नगरप्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो नौ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक मर्मत सम्पन्न भएको छ । नगरका सबै वडालाई केन्द्रसँग जोड्न २०७ कल्भर्ट र पाँच झोलुङ्गे पुल निर्माण गरिएका उहाँले बताउनुभयो । सहरी सौन्दयीकरण र सरसफाइका लागि ९९...

भोजपुरमा गाँजा फँडानी

भोजपुर, ७ असारः जिल्लाका विभिन्न भागमा लुकीछिपी गरिएको गाँजाखेती फँडानी भएको छ । प्रहरीले गाँजाका बोट नष्ट गर्ने अभियानअन्तर्गत हालसम्म एक लाख ३९ हजार ३५ बोट उखेलेर फालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख राजु लामाका अनुसार एक हजार ५५६ केजी तयारी गाँजासहित १४ जनालाई नियन्त्रणमा लिइएको छ । जिल्लाका विभिन्न स्थानमा पुगेर एक लाख ३० हजार ४८५ गाँजाको बोट र आठ हजार ५५० बोट बेर्ना नष्ट गरिएका छन् ।...

तीन सहकारीलाई अनुदानमा कृषि सामग्री

तनहुँ, ७ असारः गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खाद्यान्न बाली उत्पादन बढाउन यहाँका तीन वटा सहकारी संस्थालाई कृषि सामग्री हस्तान्तरण गरेको छ । भानु नगरपालिका–८ स्थित भानु कृषि सहकारी संस्था, भानु नगरपालिका–१० को जागृती बचत तथा ऋण सहकारी संस्था र सोही वडास्थित सिमलचौर बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई सामग्री उपलब्ध गराइएको हो । जिल्ला कृषि विकास कार्यालयले...

हास्य कलाकार शर्माको निधन

काठमाडौँ, ७ असारः हास्य कलाकार खेम शर्माको संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा निधन भएको छ ।

‘चतुरेको दाउ पेच’ नाटकबाट प्रसिद्धि कमाएका कलाकार शर्मा विगत सात वर्षदेखि अर्बुद रोगबाट पीडित हुनुहुन्थ्यो ।

यसैबीच, हास्य कलाकार शिवहरि पौडेल, चलचित्र समीक्षक प्रकाश सायमीलगायतले शर्माको निधनबाट नेपाली चलचित्र क्षेत्रका लागि अपुरणीय क्षति भएको उल्लेख गर्दै शोक प्रकट गर्नुभएको छ ।

Post Views: 100 30

भुजीखोला पुल निर्माण अनिश्चित

ढोरपाटन (बागलुङ), ७ असारः ढोरपाटन नगरपालिका–५ भएर बग्ने भुजीखोलामा निर्माणाधीन पुल निर्माण पूरा नहुँदै जीर्ण भएको छ । दश वर्ष अगाडि निर्माण सुरु भएको पुलका सबै पिलर खियाले खाइसकेको छ । पुलमा लगानी भएको रु दुई करोड माटोमा मिलेको ढोरपाटन–५ का शिवराज कँडेल गुनासो गर्नुहुन्छ । सडक डिभिजन कार्यालयले पनि निर्माण कम्पनीले निर्धारित समयमा निर्माण नगरेपछि ठेक्का रद्द गरेको छ । कार्यालय प्रमुख हरिप्रसाद...

प्रदेशस्तरीय हक्की प्रतियोगिता सम्पन्न

दमौली (तनहुँ), ७ असारः तनहुँ हक्की सङ्घको आयोजनामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित प्रदेशस्तरीय महिला तथा पुरुष हक्की प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ स्याङ्जा प्रथम भएको छ भने महिलातर्फको उपाधि तनहुँले उचालेको छ । प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरेका टोलीले क्रमशः रु सात र रु पाँच हजार प्राप्त गरेका छन् । प्रतियोगितामा तनहुँ, कास्की...

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा, ७ असारः साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । महेन्द्रनगरबाट यात्री लिएर सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै पल्टिदा उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले राससलाई जानकारी दिनुभयो । दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी टोली उद्धारमा खटेको तथा सबै घाइतेलाई...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।