हास्य कलाकार शर्माको निधन

काठमाडौँ, ७ असारः हास्य कलाकार खेम शर्माको संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा निधन भएको छ ।

‘चतुरेको दाउ पेच’ नाटकबाट प्रसिद्धि कमाएका कलाकार शर्मा विगत सात वर्षदेखि अर्बुद रोगबाट पीडित हुनुहुन्थ्यो ।

यसैबीच, हास्य कलाकार शिवहरि पौडेल, चलचित्र समीक्षक प्रकाश सायमीलगायतले शर्माको निधनबाट नेपाली चलचित्र क्षेत्रका लागि अपुरणीय क्षति भएको उल्लेख गर्दै शोक प्रकट गर्नुभएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।