भुजीखोला पुल निर्माण अनिश्चित

ढोरपाटन (बागलुङ), ७ असारः ढोरपाटन नगरपालिका–५ भएर बग्ने भुजीखोलामा निर्माणाधीन पुल निर्माण पूरा नहुँदै जीर्ण भएको छ ।

दश वर्ष अगाडि निर्माण सुरु भएको पुलका सबै पिलर खियाले खाइसकेको छ । पुलमा लगानी भएको रु दुई करोड माटोमा मिलेको ढोरपाटन–५ का शिवराज कँडेल गुनासो गर्नुहुन्छ ।

सडक डिभिजन कार्यालयले पनि निर्माण कम्पनीले निर्धारित समयमा निर्माण नगरेपछि ठेक्का रद्द गरेको छ । कार्यालय प्रमुख हरिप्रसाद सुवेदीका अनुसार नयाँ ठेक्का र ‘डिजाइन’ परिवर्तनको ‘फाइल’ स्वीकृतिका निम्ति सङ्घीय सडक विभागमा पठाइएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।