Author

Srijana Puri

S

चलचित्रमा ‘साम्राज्य’ मा अमरप्रतापको प्रवेश

काठमाडौँ । निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता अमरप्रताप श्रेष्ठ अनुबन्धित भएका छन् । सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइलीपछि अमरप्रताप चलचित्रको कलाकार टोलीमा जोडिएका हुन् । निर्देशक चौधरीका अनुसार अमरप्रतापले यही चलचित्रका लागि साढे दुई वर्षदेखि अभिनय, एक्सन, मार्सल आर्ट र नृत्यको प्रशिक्षण लिइरहेका थिए। लामो तयारी र...

घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नेपालमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कारोबार संख्या १२.२५ प्रतिशतले बढेको छ भने राजीनामा कारोबार २२.८८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले...

डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमान्डु गोर्खाजले  अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरलाई भित्राएको घोषणा गरको छ । गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ र उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन् । ३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई एकदिवसीय विश्वकप, एक टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेका...

रसुवा बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता, कुन देशका कति ?

काठमाडौँ, ३० भदौ । रसुवाको भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका अनुसार विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएका हुन् । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिंग नखुलेका नागरिक छन् । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी भारतीय रहेको विभागले जनाएको छ । विभागका...

क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने ११ जना पक्राउ

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ तौलुडस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा-तास खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको संयुक्त टोलीले क्यासिनोमा जाँच गरेको थियो । जाँचका क्रममा नेपाली नागरिकलाई प्रवेश गराई...

ठूलो शल्यक्रिया नगरी मुटुका भल्भको उपचार अब नेपालमै सम्भव

काठमाडौँ, ३० भदौ । वरिष्ठ कार्डियोलोजिस्ट डा.स्मृति शाक्यले विश्वमा उपलब्ध अत्याधुनिक उपचार प्रविधि अब नेपालमै पनि सम्भव छ भन्ने सन्देश आमनागरिकसम्म पुर्‍याउनु आवश्यक रहेको बताएकी छन् । उनी इजरायलबाट भर्खरै स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सनसम्बन्धी फेलोसिप पूरा गरी नेपाल फर्किएकी हुन् । करिब सात वर्षदेखि महाराजगञ्जस्थित टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा...

प्रतिनिधिसभा बैठकअघि सभामुख र कांग्रेस नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र विपक्षी दलका नेता भीष्मराज आङदेम्बेबीच भेटवार्ता भएको छ । मंगलबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा अर्याल र आङदेम्बेबीच समसामयिक राजनीतिक विषय तथा प्रतिनिधिसभाका गतिविधिबारे छलफल भएको थियो । सभामुखको सचिवालयका अनुसार प्रतिनिधिसभाको असोज महिनाको क्यालेन्डर र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भएको थियो ।...

न्याय सेवाका विशिष्ट श्रेणीका तीन पदमा बढुवा सिफारिस

काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीका तीन पदमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ । आयोगको भदौ ३० गतेको निर्णयअनुसार सर्वोच्च अदालतका सहरजिस्ट्रार ठगीन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिस्ट्रार पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ । त्यस्तै न्याय परिषद्का कायममुकायम सचिव रामप्रसाद भट्टराईलाई न्याय परिषद्को सचिव पदमा...

न्याय परिषदबाट न्यायाधीशहरूको सरुवा र पदस्थापन सिफारिस

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा, काज, नियुक्ति तथा पदस्थापनसम्बन्धी सिफारिस गरेको छ । परिषद्को मंगलबारको निर्णयअनुसार उच्च अदालतका न्यायाधीशहरूको सरुवा तथा काजसँगै नयाँ न्यायाधीश नियुक्तिका लागि समेत सिफारिस गरिएको हो ।  परिषद्ले उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा सरुवा गर्न...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४८ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४८ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेश र काठमाडौँ उपत्यकामा २-२ जनाको मृत्यु भएको छ भने मधेश, बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १४८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना घाइते भएका छन् भने कोशीमा १८ जना...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।