कति पुग्यो सुनचाँदीको मुल्य ?

क

काठमाडौँ । नेपाली बाजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सयले घटेर दुई लाख ८२ हजार २०० रुपैयाँ कायम भएको छ । 

यसअघि मंगलबार सुन तोलाको दुई लाख ८२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ३९८० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि मंगलबार चाँदी तोलाको ३९७० मा कारोबार भएको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।