काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पदबाट हटाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले डा. वाग्लेलाई बेपर्वाह नव लेण्डुपको संज्ञा दिदै पदबाट हटाउन सुझाव दिएका हुन् ।
उनले भनेका छन्- न राष्ट्र संघ न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग । तर पृथ्वी नारायण शाहले परराष्ट्र सम्बन्धलाई झिकी कटक-जाई कटक र दुई ढुंगाको तरुलको सुत्रमा बाँधेका थिए । अहिले बेपर्वाह नव लेण्डुप उफ्रने ? किक आउट हिम, पिएम ।
हालै भारत भ्रमणका क्रममा डा. वाग्लेले भारतको विरोध गरेर मात्रै राष्ट्रवादी देखिने युग सकिएको भन्ने अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।

