Author

Srijana Puri

S

प्रधानमन्त्री शाहको मधेशकेन्द्रित दल र नेताहरुसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ। छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी...

कुवेतमा ड्रोन आक्रमणमा मृत्यु भएका नेपाली तेह्रथुमका सोमकुमार तामाङ

काठमाडौं । कुवेतको उत्तरी क्षेत्रमा ड्रोन आक्रमणमा परी मृत्यु हुने तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ भएको खुलेको छ ।  नेपाली दुताबास, कुवेतका अनुसार तामाङ कुवेतमा सवारी चालकका रूपमा कार्यरत रहेका थिए । दूतावासले स्वर्गीय तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइने बताएको छ । यसैबीच, कुवेतमा रहेका...

चलचित्र ‘दुर्गा’ निर्माण घोषणा

काठमाडौं । सम्राट बस्नेतले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । निर्देशक बस्नेतले चलचित्र ‘दुर्गा’ निर्देशन गर्न लागेका हुन् । थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र निर्माणको घोषणा गरेका हुन् । थिम पोस्टरमा दुर्गा मन्दिर अगाडि उभिएकी एक युवती छिन् । मन्दिरको ढोका अगाडि उनी एक्लै उभिएकी छन् । मन्दिरको ढोका अगाडि त्रिशूल छ । सिनेमाको नाम ‘दुर्गा’ हुनु र त्रिशूलअगाडि बच्चा उभिएको देखिनुले यी...

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौं, १५ साउन । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप २५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत साउन १५ गते बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम खिच्ने प्रक्रिया अघि बढाएको हो। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले यस प्रक्रियामा सहभागिता...

सुनमा फेरि उकालो

काठमाडौं, १५ साउन । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढी हो।...

रौतहटमा सर्वदलीय बैठक, धार्मिक सद्भाव जोगाउन संयुक्त प्रतिबद्धता

सञ्जय मिश्रा रौतहट, १५ साउन। तराई–मधेशका केही जिल्लामा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाको असर रौतहटमा पर्न नदिन जिल्लाका राजनीतिक दल, प्रशासन र सरोकारवाला पक्ष एकै ठाउँमा उभिएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको पहलमा बसेको सर्वदलीय बैठकले धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै जिल्लामा शान्ति–सुरक्षा सुदृढ बनाउने साझा प्रतिबद्धता...

ब्रोड पिकमा हिम पहिरोमा परेका मध्ये ४ आरोहीको शव फेला

काठमाडौं, १५ साउन । पाकिस्तानको ब्रोड पिकमा हिम पहिरो पछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ४ वटा शव फेला परेको छ । काराकोरम हिमशृंखला स्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक स्थलमा खटिएको उद्धार टोलीले ४ वटा शव फेला पारेको पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले बताएका छन्। पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले इन्स्टाग्राममा एक पोस्ट गर्दै स्थलगत उद्धार टोलीले चारवटा शव फेला...

प्रधानमन्त्री तथा मधेस केन्द्रित नेताबिच सिंहदरवारमा छलफल सुरू

काठमाडौं, १५ साउन । प्रधानमन्त्री बालेन्द्र शाह र तराइ मधेस केन्द्रित दलका शिर्ष नेता बिच छलफल सुरू भएको छ । सुनसरीको देवानगञ्ज र सिरहालगायत देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न मधेस केन्द्रित दलका नेताहरूसँग सिंहदरबारमा छलफल सुरू गरेका हुन । बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र...

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ।  जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोलबजारमा दुई समूहबीच भएको झडपपछिको प्रदर्शनमा गोली लागेर औरही गाउँपालिका–२ का १९ वर्षीय गणेश यादवको मृत्यु भएको हो। घटनामा गोली लागेर अर्का एक जना घाइते भएका छन् भने उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको...

सामाजिक सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेका छन् । बिहीबार जारी सन्देशमा उनले नेपाल निर्माणको प्रारम्भदेखि नै नेपालीहरू आपसी मेलमिलाप, सद्भाव र भाइचाराका साथ बस्दै आएको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक नेपाली समाजको यही विशेषताले विश्वमा नेपालको पहिचान र सम्मान स्थापित भएको बताएका छन् । उनले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।