कुवेतमा ड्रोन आक्रमणमा मृत्यु भएका नेपाली तेह्रथुमका सोमकुमार तामाङ

काठमाडौं । कुवेतको उत्तरी क्षेत्रमा ड्रोन आक्रमणमा परी मृत्यु हुने तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ भएको खुलेको छ । 

नेपाली दुताबास, कुवेतका अनुसार तामाङ कुवेतमा सवारी चालकका रूपमा कार्यरत रहेका थिए ।

दूतावासले स्वर्गीय तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइने बताएको छ ।

यसैबीच, कुवेतमा रहेका सबै नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै मापदण्डको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित स्थानमा बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।