सुनमा फेरि उकालो

स

काठमाडौं, १५ साउन । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढी हो। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

१० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४४ हजार ३४० रुपैयाँ पुगेको छ। अघिल्लो दिन यही परिमाणको सुन २ लाख ४३ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको छ, जुन बिहीबारको मूल्यभन्दा ५० रुपैयाँले बढी हो। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको अवस्था तथा विश्व आर्थिक गतिविधिको प्रभावअनुसार दैनिक रूपमा परिवर्तन हुने गरेको छ। नेपाली बजारमा महासंघले सोही आधारमा दैनिक नयाँ मूल्य निर्धारण गर्दै आएको छ।


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।