प्रधानमन्त्री तथा मधेस केन्द्रित नेताबिच सिंहदरवारमा छलफल सुरू

काठमाडौं, १५ साउन । प्रधानमन्त्री बालेन्द्र शाह र तराइ मधेस केन्द्रित दलका शिर्ष नेता बिच छलफल सुरू भएको छ ।

सुनसरीको देवानगञ्ज र सिरहालगायत देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न मधेस केन्द्रित दलका नेताहरूसँग सिंहदरबारमा छलफल सुरू गरेका हुन ।


बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, एमालेका लालबाबु राउत, रामकुमार शर्मा र समिम मियाँ अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंह तथा जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी र जयकान्त राउत सहभागी रहेको जनाइएको छ।
 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।