काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले मंगलबार बिदाइ शिष्टाचार भेट गरेकी छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको भेटमा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो । भेटका क्रममा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा रहँदै आएको...










