राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

र

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

शुक्रबार शित्तल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जानु अघि राष्ट्रपतिलाई ब्रिफिङ नगरेको र फर्केपछि पनि भेट नगरेको अवस्थामा सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका छन् ।

यसअघि लामिछानेसँग प्रधानमन्त्री शाहले बिहीबार करिब पाँच घन्टा छलफल गरेका थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।