लुम्बिनी गुरुयोजना क्षेत्रभित्र राखिएका पसल २४ घण्टाभित्र हटाउन निर्देशन

ल

काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन तथा राखिएका पसल २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।

कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत स्थानमा स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएकोप्रति ध्यानाकर्षण गराएको हो ।

कोषले २०८३ भदौ १९ गतेदेखि लागू हुने गरी सूचना जारी भएको २४ घण्टाभित्र त्यस्ता पसल हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

तोकिएको समयभित्र पसल नहटाए प्रचलित कानुनअनुसार कारबाही गरिने कोषले चेतावनी दिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।