राष्ट्रिय खेलकुद: पुरुष फुटबलमा लुम्बिनीमाथि कोशीको शानदार जित

र

सुर्खेत । जारी १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल अन्तर्गत शुक्रबार बिहान भएको पहिलो खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४-१ गोलअन्तरले पराजित गरेको छ । 

कोशीका लागि मिलन राईले दुई गोल गरे भने अमित सन सतार र सौरभ लिम्बुले एक एक गोल गरेका थिए । लुम्बिनीका लागि एकमात्र गोल फागुराम चौधरीले गरेका थिए । । कोशीका खेलाडी प्रकाश भुजेल खेलको ५८औं मिनेटमा रातोकार्ड पाएर बाहिरिएपछि कोशी प्रदेश १० खेलाडीमा खेलेको थियो । रातोकार्ड पाएका भुजेललाई आगामी एक खेलमा प्रतिवन्ध लागेको छ । 

आफ्नो पहिलो खेल बागमतीसँग बराबरी गरी एक अंक पाएको कोशीले लुम्बिनीलाई हराएपछि चार अंक प्राप्त गरेको छ भने त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अंक बिहीन भएको छ । 

आज दोस्रो खेल दिउँसो २: ३० बजे बागमती र त्रिुभवन आर्मी क्लबबीच हुने तालिका रहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।