चीन भ्रमणबारे महामन्त्री आचार्यको सभापति रवि लामिछानेलाई ब्रिफिङ

च

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले चीन भ्रमणबाट फर्किएपछि पार्टी सभापति रवि लामिछानेलाई भ्रमणका विषयमा जानकारी गराएका छन् ।

नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहर सिचुवान, चच्याङ र बेइजिङको भ्रमणमा गएको आचार्य नेतृत्वको २० सदस्यीय टोली गएराती स्वदेश फर्किएको थियो ।

भ्रमणबारे भएको ब्रिफिङमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्ताबारे विशेष जानकारी गराइएको थियो । उक्त भेटसहित केन्द्रीय तहदेखि काउन्टीसम्मका नेताहरूसँग भएको संवादमा दुई पार्टीबीचको सम्बन्ध, राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासमा सहकार्यका विषयमा छलफल भएको आचार्यले बताएका छन् ।

भ्रमणका क्रममा विभिन्न उद्योग तथा व्यवसायको अवलोकन र अन्तरक्रिया गरिएको थियो। त्यस्तै, विपद्पूर्व तयारी, विपद्पछिको रणनीति र नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाबारे भएका छलफलका विषयमा पनि उनले सभापति लामिछानेलाई जानकारी गराएका थिए ।

भेटमा सभापति लामिछानेले भ्रमणका क्रममा भएका उच्चस्तरीय राजनीतिक संवाद तथा सिकाइलाई पार्टीभित्र र देश विकासमा उपयोग हुने गरी कार्यान्वयनमा लैजान भ्रमण टोलीलाई निर्देशन दिएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।