Home

H

पत्रकारमाथि धरपकडको छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको छ । सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी धरपकड गर्ने र आदेश दिने दुवै पक्षलाई कानुनी कारबाही गर्न माग गरेको हो । कांग्रेसकी प्रमुख सचेतक वासना थापाले...

बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘मुरासु’, भारतका विभिन्न राज्यमा सतर्कता

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’ शक्तिशाली आँधीमा परिणत भएको छ । भारतीय मौसम विभागका अनुसार सोमबार बिहान चक्रवात चेन्नईबाट २६० किलोमिटर र नेल्लोरबाट २९० किलोमिटर टाढा रहेको थियो । प्रतिघण्टा २० किलोमिटरको गतिमा अघि बढिरहेको चक्रवात नोभेम्बर २ रातिदेखि ३ तारिख बिहानसम्म आन्ध्र प्रदेशको ओंगोल नजिक समुद्री तटमा ठोक्किने सम्भावना छ । त्यसबेला हावाको गति प्रतिघण्टा १०० देखि ११०...

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका केसीलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । डा. केसी दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई आज काठमाडौं ल्याइएको हो ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २३ सयले बढेर दुई लाख ७४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला दुई लाख ७२ हजारमा कारोबार भएको थियो  ।  त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ३७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा पहिलोपटक भएको तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ आइतबार सम्पन्न भएको छ ।  युनेस्कोको सिर्जनशील चलचित्र सहर सञ्जालमा आबद्ध भएपछि काठमाडौंमा पहिलोपटक आयोजना गरिएको महोत्सवले नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्र, कला, संस्कृति र सम्पदालाई एउटै मञ्चमा जोडेको छ ।  कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन भएको महोत्सवमा १४ देशका ३८ चलचित्र प्रदर्शन गरिएको...

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान ६: ३० बजे उडेको हेलिकोप्टरले उनीहरूलाई उद्धार गरी सदरमुकाम दुनै ल्याएको हो । उद्धार गरिएका पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जाजला त्रिवेद कुमार, आदित्य सिंह, दिपलिना विश्वास र राजेश दे रहेका छन् । डोल्पाकी प्रमुख जिल्ला अधिकारी...

इरानमाथि छिटो आक्रमण गर्न ट्रम्पलाई नेतान्याहूको दबाब

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि नयाँ सैन्य आक्रमण गर्न आग्रह गरेका छन् । समाचार संस्था एक्सियोसका अनुसार इजरायलले अमेरिकाले इरानसँग कूटनीतिक समाधान खोजिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । रिपोर्टअनुसार शनिबार ट्रम्प र नेतान्याहूबीच टेलिफोन वार्ता भएको थियो । वार्तामा इरानसँगको अमेरिकी छलफलमा...

जग्गा प्रशासन एक महिनाभित्र स्थानीय तहबाटै सञ्चालन हुन्छ- प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जग्गासम्बन्धी प्रशासनिक सेवा अब स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएका छन् । सरकारले आगामी एक महिनाभित्र बाँकी सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म राज्य र नागरिकबीचको दूरी घटाउनु रहेको...

चीनमा हुने बेल्ट एण्ड रोड सिरिज खेल्न जाने नेपाली यू–१९ महिला टिमको बिदाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले चीनमा हुने बेल्ट एण्ड रोड सिरिजका लागि यू–१९ महिला क्रिकेट टोलीको बिदाई गरेको छ ।  सोमबार बिहान क्यानका पदाधिकारीले नेपाली महिला जुनियर टिमको बिदाई गरेको छ ।   क्यानले सोनी पाख्रिनको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका शाह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा...

चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने

काठमाडौं । हरिवंश आचार्य अभिनीत चलचित्र ‘चिरञ्जीवी भवः’ को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई प्रस्तुत गरिएको छ । एउटा पोस्टरमा हरिवंश गम्भीर मुद्रामा देखिएका छन् भने आशीर्वाद र प्रशंसा खुसी मुद्रामा छन् । अर्को पोस्टरमा हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य छ । चलचित्रमा हरिवंश ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिनेछन् ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।