चीनमा हुने बेल्ट एण्ड रोड सिरिज खेल्न जाने नेपाली यू–१९ महिला टिमको बिदाई

च

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले चीनमा हुने बेल्ट एण्ड रोड सिरिजका लागि यू–१९ महिला क्रिकेट टोलीको बिदाई गरेको छ । 

सोमबार बिहान क्यानका पदाधिकारीले नेपाली महिला जुनियर टिमको बिदाई गरेको छ ।  

क्यानले सोनी पाख्रिनको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका शाह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा परेका छन् । त्यस्तै, अनु कडायत, मनिषा कुमारी उपाध्याय, सना प्रविण, अलिशा कुमारी यादव र तिर्सना विश्वकर्मा रहेका छन् ।

क्यानका अनुसार यु–१९ विश्वकपको तयारीका क्रममा नेपाली टोलीले चीनमा खेल्न लागेको हो । बेल्ट एण्ड रोड सिरिज नोभेम्वर ३ देखि ८ सम्म हुनेछ । सो प्रतियोगितामा आयोजक चीन, नेपाल, हङकङ र थाइल्याण्ड सहभागी हुँदैछन् । चीनपछि नेपाली यु–१९ महिला टोलीले भारतमा समेत क्रिकेट सिरिज खेल्ने बताइएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।