Home

H

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट

काठमाडौं । जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ । शनिबार राति फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन् । बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसात्मक घटना भएका छन् । ‘जेन्जी रेगेल्ट’ नामक अभियानको आह्वानमा हजारौँ युवाले प्रदर्शन गरेका थिए । उनीहरूले विद्यालयमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, बढ्दो जीवनयापन खर्च...

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै

सुर्खेत । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको छ । केही दिनदेखि लगातार भइरहेको हिमपातका कारण पर्यटकहरू गन्तव्यतर्फ अघि बढ्न नसकेपछि दानीगढ क्षेत्रमा फसेका हुन् ।  प्रतिकूल मौसमका कारण उनीहरू जोखिमपूर्ण अवस्थामा रहेको जानकारी शनिबार पाइएको र आइतबार बिहानदेखि उनीहरुको उद्धार गर्न हेलिकप्टर...

बाँकेको अम्बे स्टिलमा आगलागी: घाइते आठ मध्ये दुई जनालाई लखनउ लगियो

बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन् । आइतबार बिहान कम्पनीभित्र रहेको फलाम पगाल्ने भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा आगलागी भएको हो । प्रहरीका अनुसार आइतबार बिहान करिब ५: ४० बजे २५ टन क्षमताका तीनवटा भट्टीमा अचानक आगलागी भएको थियो । घटनामा बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका...

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाइने

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ती प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई हात्तीमा रेडियो कलर जडानको काम अघि बढाउन निर्देशन दिएको हो। हात्तीको आवागमनसम्बन्धी सूचना संकलन गरी...

बाइनान्स ह्याकबाट चोरी भएको ९० प्रतिशत रकम पूर्ति

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार गर्ने कम्पनी बाइनान्सले ह्याकिङमार्फत चोरी भएको ६ अर्ब ३० करोड अमेरिकी डलरमध्ये ९० प्रतिशत रकम पूर्ति गरेको जनाएको छ । बाँकी १० प्रतिशत रकम आवश्यक परिमाणमा जुटाउन भने थप समय लाग्न सक्ने कम्पनीले जनाएको छ । बिहीबार भएको ह्याकिङबाट ठूलो परिमाणमा डिजिटल सम्पत्ति चोरी भएपछि बाइनान्सले प्रयोगकर्ताको कुनै पनि रकम गुम्न नदिने प्रतिबद्धता जनाएको...

सात देशका कन्टेन्ट क्रिएटर नेपालमा, तीन पर्यटकीय गन्तव्यको प्रचार गर्ने

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका प्रभावशाली कन्टेन्ट क्रिएटर नेपाल आएका छन् । नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश र श्रीलंकाका कन्टेन्ट क्रिएटर नेपाल आएका हुन् । उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, वन्यजन्तु र...

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

काठमाडौँ । न्यायाधीश र बिचौलियाबीचको सम्पर्क तथा प्रधानन्यायाधीशको नाम जोडिएको आर्थिक विवरण सार्वजनिक भएपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्बाटै न्यायालयको विवाद निरूपण गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठकले संसदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन दिएसँगै सर्वोच्च अदालतका विवादित न्यायाधीशविरुद्ध महाभियोगको सम्भावना बलियो बनेको छ । तर महाभियोग प्रस्ताव दर्ता...

सुन एकैदिन तोलाको ८ हजार ३०० रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेर दुई लाख ७२ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो  ।  त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले...

बङ्गालको खाडीमा विकसित नयाँ चक्रवातले नेपालको मौसममा प्रभाव नपार्ने

काठमाडौं । बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हालको मौसम विश्लेषण गर्दा उक्त चक्रवातका कारण नेपालमा तत्काल उल्लेखनीय मौसमी परिवर्तन हुने देखिएको छैन । महाशाखाले चक्रवातको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। आवश्यकताअनुसार थप मौसमी सूचना तथा अद्यावधिक विवरण...

देश ठूलो संकटतर्फ उन्मुख भइरहेको संकेत देखियो- डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले नेपाल ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन् । उनले सत्तारूढ र प्रतिपक्षी दलभित्र चर्कंदो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अंगमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था थप...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।