आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा सांसद बास्कोटाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की अस्पतालको आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा प्रश्न उठाएकी छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बास्कोटाले भोटेकोसी बाढीको सुरुङबाट निकालिएका व्यक्तिहरूको अस्पतालको आईसीयू कक्षमा नै गएर अन्तवार्ता लिएको विषयमा अन्तर्वार्ता लिने र स्वीकृति दिनेप्रति प्रश्न गरेकी हुन् ।

उनले भनिन्- ‘आईसीयूमा अन्तरवार्ता लिने दुई बिरामी हुनुहुन्थ्यो कि अन्य बिरामी पनि हुनुहुन्थ्यो ? अन्य बिरामी पनि हुनुहुन्थ्यो भने उहाँहरूको जीवन पनि रिक्समा राख्न मिल्छ कि मिल्दैन ?’

बास्कोटाले अन्तर्वार्ताको स्वीकृत दिएको विषयमा समेत प्रश्न गर्दै उनले मानव जीवनलाई टीआरपीको मूल्यमा तौलिने काम बन्द हुनुपर्ने बताएकी छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।