जापानसँग दक्षिण एसियाली सहकार्य विस्तार गर्न परराष्ट्रमन्त्री खनालको जोड

ज

ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले मानव संसाधन विकास, विज्ञान तथा प्रविधि, जलवायु परिवर्तन र विपद् उत्थानशीलताका क्षेत्रमा जापान र दक्षिण एसियाबीच सहकार्य विस्तार गर्नुपर्ने बताएका छन् ।

दक्षिण एसियाली जापानी विश्वविद्यालयका पूर्वविद्यार्थी सङ्घहरूको अन्तर्राष्ट्रिय सम्मेलन २०२६ लाई बिहीबार ललितपुरमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।

उनले नेपालको विश्वासिलो विकास साझेदारका रूपमा जापानले निरन्तर पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरे । साथै, विश्वविद्यालयका पूर्वविद्यार्थी सञ्जालले शैक्षिक ज्ञान र अनुभवलाई व्यवहारिक नीतिगत समाधानमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

नवप्रवर्तनलाई गति दिन र भविष्यलाई थप सुरक्षित तथा उत्थानशील बनाउन जापान र दक्षिण एसियाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा सम्मेलन आयोजना गरिएको हो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।