प्रधानसेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले भेटवार्ता गरेका छन् ।

सोमबार जङ्गी अड्डामा भएको शिष्टाचार भेटघाटमा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।

सेठ आइतबार अपराहन्न काठमाडौँ आएका हुन् । उनलाई आजै शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।