सभामुखले पहिलो पटक गरे प्रधानमन्त्रीलाई जवाफ दिन रूलिङ

काठमाडौं, १ भदौं । प्रतिनिधिसभाका सभामुख डीलप्रसाद अर्यालले पहिलो पटक प्रधानमन्त्री बालेन शाहलाई सदनमा उठेका विषयको जवाफ दिन रुलिङ गरेका छन्।

आजको बैठक पनि विपक्षी दलहरूलेले उठेर विरोध जनाए पछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई जवाफ दिन रूलिङ गरेका हुन् । यसअघि पटक पटक बिपक्षी दलहरूले प्रधानमन्त्री शाहलाई जवाफ दिन रूलिङ गरे पनि उनले आनाकानी गर्दै आएका थिए । तर, सोमवारको बैठक सुरू हुने बितिक्कै बिपक्षीले पनि बिरोध जनाए पछि पहिलो पटक उनले रूलिङ गरेका हुन । 

‘प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न उत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ उनले रूलिङ गर्दै स्मरण गराएका छन, ‘विपक्षीले प्रधानमन्त्री शाहको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्चाउनुपर्ने माग राख्दै आइरहेका छन् ।’

प्रतिनिधिसभाको बैठक जारी छ । 
 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।