बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिदैँ, पुगेको छैन १५ मत

हेटौंडा, १ भदौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन्।

सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् ।

नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लागेका हुन ।

अल्पमतमा परेका मुख्यमन्त्रीले ३० दिन भित्र प्रदेश सभाबाट बहुमत सदस्यको विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार आज विश्वासको मत लिन लागेका हुन ।

बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। अब आफ्नो सरकार टिकाउनका लागि बानियाँलाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर एमालेले समर्थन फिर्ता लिएसँगै कांग्रेससँग ३६ सांसद मात्रै बाँकी रहेका छन भने हाम्रो नेपाली पार्टी (हानेपा)को थप २ सिटसहित बानियाँसँग अब मात्र ३८ सिट रहेको छ ।

बहुमत पु¥याउन थप १५ सांसद आवश्यक पर्ने भए पनि मुख्यमन्त्री बानियाँले  एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहेकका दलसँग छलफल अघि बढाएको छ।  तर, कांग्रेस र बामपन्थी दुवैतिर नखुलेका राप्रपाको १२ र नेमकिपाको ३ सिट रहेको छ, दुवै दलले समर्थन गरेमा बानियाँ सरकार टिक्नेछ नभए उनको नेतृत्वको सरकार ढल्नेछ ।
 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।