पत्रकार श्रेष्ठ र बरामद समान केही बेरमा अदालतमा ल्याईदैँ

काठमाडौं, १ भदौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज पेशी तोकिएको छ ।

सर्वोच्च अदालत प्रशासनका अनुसार जनआस्था साप्ताहिकका सम्पादकसमेत रहेका श्रेष्ठको निवेदन न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ ।

वैयक्तिक गोपनीयता हननको अभियोगमा गत बुधवार पक्राउ परेका श्रेष्ठलाई साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

पत्नी सरस्वतीले हालेको निवेदन अनुसार अब केही बेरमा पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराईदैछ । उनको पक्राउपछि पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।