लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिदैँ

बुटवल, १ भदौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदैँछन ।

प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री आचार्यले आज अपरान्ह १ः०० बजे विश्वासको मत लिन लागेका हुन । 

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनी प्रदेश सभामा कुल ८३ जना प्रदेश सभा सदस्य छन् । सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ।
 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।