महोत्तरीमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

महोत्तरी ।महोत्तरीको गौशाला नगरपालिका –०९ डुमरवाना स्थित भित्री सडक-खण्डमा स्कुल बस दुर्घटना हुँदा चालक सहित ६ घाइते भएका छन् ।

मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक गौशाला नगरपालिका –०५ निवासी अन्दाजी ४० वर्षीय विजय भुजेल सहित बसमा सवार ६ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेहरूको उपचारका लागि बिके अस्पताल गौशाला महोत्तरी तथा स्थानीय मेडिकलमा पठाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।