सुनकोशीमा यात्रुसहितको कार खस्यो, खोजी कार्य जारी

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका -२  नवलपुर पुल नजिक यात्रु सवार कार सुनकोसी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८००१ ख ०१४४ नम्बरको गणेश हिमाल तराई यातायातको बसले ठक्कर दिँदा यात्रुसहितको कार सुनकोसी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नदीमा खसेको कार बससँग ठोक्किएपछि सुनकोसी नदीमा खसेको र कारमा एकजना निर्माण व्यवसायी, एकजना अपरेटरसहित तीनजना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।

घटनास्थलमा हाल नेपाल प्रहरी,सशस्त्र प्रहरीको गोताखोर टोली तथा स्थानीयले संयुक्तरूपमा खोजि कार्य गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।