काठमाडौं । काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परेर मृत्यु भएका आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को शव फेला परेको छ ।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले ब्रड पिक हिमालको करिब ५७ सय मिटर उचाइमा निम्सदाइको शव फेला परेको जानकारी दिएको छ ।
सो स्थानमा अन्य तीन शव पनि फेला परेको एसीपीले उल्लेख गरेको छ ।
उद्धार टिमले शवलाई जापानिज क्याम्पमा ल्याउदै गरेको जानकारी दिदै एसीपीले अन्य शवको पहिचान भने नभएको जनाएको छ ।
हिमपहिरोमा परेर ६ नेपाली आरोहीसहित कुल १० आरोही बिहीबार बिहानदेखि सम्पर्क विहिन भएका थिए । यसअघि शनिबार आरोहण कम्पनी एलिट एक्सपेडले ब्रोड पिक आरोहणमा गएका सबैको मृत्यु भएको पुष्टि गरेको थियो ।

