2026-7-30 / 2083-04-14 2:17 pm
माेरङ, १४ साउन । कानेपाेखरी- रङ्गेली सडक खण्ड अन्तर्गत कानेपाेखरी ७ वरगाछीमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका ७५ वर्षीय हर्कबहादुर गजमेरकाे उपचारका क्रममा मृत्युु भएको छ ।
कानेपाेखरी अस्थायी प्रहरी चाैकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण थापाका अनुसार कानेपाेखरीबाट रङ्गेली तर्फ जाँदै गरेकाे प्रदेश १-०२-०६०प ९८६७ नम्बरको माेटरसाइकलले मङ्गलबार बिहान कानेपाेखरी ५ घलेटाेलका गजमेरलाई ठक्कर दिएकाे थियाे ।
गजमेरलाई तत्काल उद्दार गरी उपचारका लागि विराटनगर स्थित न्युराे अस्पताल पठाइएको थियाे । गजमेरकाे उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरी सहायक निरीक्षक थापाले जानकारी दिनुभयो ।माेटरसाइकल चालक कानेपाेखरी ५ छकमकटाेलका २४ वर्षीय सुमन चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको छ ।
माेटरसाइकल चालक चाैधरी र पछाडि सवार २१ वर्षीय भगत थारु सकुसल रहेका छन् ।

