आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस्

काठमाडौं, १३ साउन । अनुहारका चाउरीपना हटाउन तपाईं घरमै सीरम तयार पारेर प्रयोग गर्न सक्नुहुन्छ। यसमा कुनै पनि रसायन नहुने भएकाले छालामा साइड इफेक्ट हुने जोखिम हुँदैन। यो सीरमको प्रयोगले छालामा चमक ल्याउन र चाउरीपनाबाट राहत पाउन मद्दत गर्न सक्छ।

प्रदूषण, अस्वस्थ जीवनशैली र असन्तुलित खानपानजस्ता कारणले छाला सम्बन्धी समस्याहरू देखा पर्छन्। यसका साथै कम उमेरमै छालामा चाउरीपन आउन सक्छ र छालाको कसिलोपन हराउन सक्छ। यो समस्या समाधान गर्न धेरै मानिसहरू बजारमा पाइने ‘एन्टी एजिङ’ अर्थात उमेरको प्रभाव कम गर्ने क्रिमहरूको प्रयोग गर्छन् तर यस्ता उत्पादनहरूमा हुने रसायनहरूले साइड इफेक्टको जोखिम निम्त्याउन सक्छन्। यस लेखमा, हामी तपाईंलाई प्राकृतिक ‘कोलाजेन सीरम’ कसरी तयार पार्ने भन्नेबारे जानकारी दिनेछौं। यसको सबैभन्दा राम्रो पक्ष यो हो कि यसलाई घरमै सजिलै उपलब्ध सामग्रीहरू प्रयोग गरेर बनाउन सकिन्छ।

आवश्यक सामग्रीहरूः
आलसको बीउ
चामल
एलोभेरा जेल
भिटामिन ई क्याप्सुल

यसलाई कसरी तयार गर्ने ? 

सबैभन्दा पहिले, एउटा भाँडामा २ ठूलो चम्चा आलस राख्नुहोस्, त्यसमा १ कप पानी हाल्नुहोस् र कम तापमा उमाल्नुहोस्। ५–७ मिनेट पछि जब पानी बाक्लो भएर जेल जस्तो हुन्छ, तब आगो बन्द गर्नुहोस्। त्यस पछि एउटा चियादानी मद्दतले उक्त मिश्रणलाई छान्नु होस्। अब चामलको पानी तयार गर्नुहोस्, यसका लागि एउटा भाँडामा चामललाई एक घण्टासम्म भिजाउनु होस् र त्यसपछि पानी छान्नु होस्। त्यसपछि एलोभेरा जेललाई आलसको जेल र चामलको पानीसँग मिसाउनु होस्। त्यसपछि, एउटा भिटामिन ई क्याप्सुल खोलेर त्यसभित्रको पदार्थ उक्त मिश्रणमा हाल्नुहोस्। सम्पूर्ण मिश्रणलाई राम्ररी फिट्नुहोस्। अब तपाईंको नरम र चिल्लो सिरम तयार भयो, यसलाई तपाईं काँचको बोतलमा राख्न सक्नुहुन्छ।

यसलाई कसरी प्रयोग गर्ने ?
यसको प्रयोग एकदमै सजिलो छ। सुरुमा आफ्नो अनुहार धुनु होस् र पुछेर सुकाउनु होस्। त्यसपछि घरमै बनाइएको यो कोलाजेन सिरमका ४–५ थोपा लिनुहोस् र अनुहारको छालामा मालिस गर्नुहोस्। यसलाई रातभर रहन दिनुहोस् र बिहान सफा पानीले धुनुहोस्। नियमित प्रयोगले चाउरीपना हटाउन र अनुहारमा चमक ल्याउन मद्दत गर्नेछ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।