रास्वपा महामन्त्रीमा रञ्जुको विपिनलाई समर्थन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा उम्मेदवारी घोषणा गरकी रञ्जु दर्शनाले उम्मेदवारी फिर्ता लिएकी छन् ।

रञ्जुले महामन्त्रीमा विपिन आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । यसअघि प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली लगायतले पनि विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

अब महामन्त्री पदका लागि विपिनसहित मनिष झा, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन् ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।