उम्मेदवारलाई समर्थन गर्दै फिर्ता लिनुले गुटबन्दीको झल्को दियो- गणेश कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले पदाधिकारीको निर्वाचनमा गुटबन्दी गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

महामन्त्रीको उम्मेदवार बनेका कार्कीले अर्को उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुले गुटबन्दीको झल्को दिएको बताएका छन् । उनले यहि अधिवेशनमा सभापतिले उदघाटन गर्दै अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य हैन भनेको उल्लेख गर्दै सभापतिको भनाइ सेलाउन नपाउदै उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरिएको र त्यसले सभापतिको भनाइलाई खिल्ली उडाएको बताएका छन् । 

उनले भनेका छन्- ‘यसले हामीले खराब भनेको गठबन्धनको, प्यानलको झल्को दिन्छ । यो गलत भयो । यसो नगरौँ । चुनाव आउँछ, जान्छ तर पार्टीको विधि, नीति र चरित्र अलिक लामो हुन्छ । त्यसलाई बलियो बनाउने काम नेतृत्वको हो । नेतृत्वले जालझेल गर्ने र गुट बनाउने काम गर्नु हुन्न । हाम्रा कारणले पसिना बगाउँदै, नभएका पैसा सक्दै बसेका प्रतिनिधिहरूको लोकतान्त्रिक चुनावमा भाग लिने अधिकार खोस्न हुन्न ।’

कार्कीले लोकतन्त्रलाई कोठा भित्रको सहमतिले हैन, प्रतिनिधिहरूको मतले सुरक्षित र बलियो बनाउने बताउदै लोकतन्त्रको चरित्र, नीति र विधिका लागि महामन्त्रीमा उम्मेदवारी दिएको बताएका छन् ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।