बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर, कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज ४ आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, बेहुली, पार्वती र तिनीहरु इलेफेन्ट इन द फगको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । 

जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ९४ लाख ७३ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ४० हजार ९१५ टिकट बिक्री गरेको छ ।

त्यसैगरी भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पेन्सन पट्टाले अहिलेसम्म ३ करोड ७९ लाख ७६ हजार कमाई गरेको छ भने यस चलचित्रका एक लाख २९ हजार ११८ टिकट विक्री भएका छन् । त्यस्तै, भदौं २६ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र बेहुलीले २ करोड ६८ लाख २८ हजार कमाई गरेको छ भने यस चलचित्रका ९४ हजार ८८५ टिकट विक्री भएको छ । 

त्यस्तै भदौ १२ गतेदेखि प्रदर्शनमा आएको पार्वतीले बक्स अफिसमा अहिलेसम्म २ करोड २४ लाख ३१ हजार कमाई गरेको छ भने अहिलेसम्म ७९ हजार ८४६ टिकट विक्री भएका छन् ।

त्यस्तै अन्तर्राष्ट्रियरुपमा चर्चामा आएको तिनीहरु इलेफेन्ट इन द फगले अहिलेसम्म एक करोड १६ लाख ५४ हजार कमाइ गरेको छ । यस चलचित्रले ३३ हजार १३६  टिकट बिक्री गरेको छ । यो फिल्मलाई नेपालबाट आउदो ओस्कारका लागि समेत सिफारिस गरिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।