रास्वपा सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको सपथ लिएका छन् । 

आइतबार केन्द्रीय सचिवालयकाे बैठक अगाडि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । सपथ समाराेहमा महामन्त्री विपिन आचार्य पनि सहभागी थिए । 

मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट २ हजार १२३ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 

भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकबाट सभापति लामिछानेले श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेका थिए ।  सपथ लिँदै मन्त्री श्रेष्ठले जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।