महेश बस्नेतले मागे भरत दाहाल पक्राउबारे मागे स्पष्ट कारण

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेको विषय गम्भीर रहेको बताएका छन् ।

बस्नेतले फरक विचार र आलोचना लोकतन्त्रका शत्रु नभएको भन्दै दाहाल पक्राउ पर्नुको स्पष्ट कारण सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

उनले कानुनी प्रक्रिया पारदर्शी हुनुपर्ने बताउँदै सरकार आलोचनाबाट डराउने नभई जवाफदेही बन्नुपर्ने धारणा राखेका छन् । बस्नेतले फरक मत निषेध गर्दै अलोकतान्त्रिक र अधिनायकवादी बाटोमा अघि बढ्दा जनआवाज विद्रोहमा परिणत हुन सक्ने चेतावनी दिएका छन् ।

उनले यस्तो प्रवृत्तिले अन्ततः ‘बालेन सरकारलाई नै ठूलो क्षति पुर्‍याउनेछ’ भनेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।